वीरगन्ज १४ पुष : प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सहज जित निकालेको छ । आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी विरुद्ध ५९ रनको फराकिलो जित हात पारेको हो । दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०८ रनको लक्ष्य पछएको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ४८ रन बनाउँन सक्यो ।
गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका लागि सुनीता लुहारले दुई विकेट लिइन् । त्यस्तै कविता कुँवर, रितु कनोजिया र लक्ष्मी सावदले समान एक–एक विकेट लिन सफल भए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा अल आउट हुँदै मात्र १०७ रन बनाउन सफल भएको थियो ।