प्रधानमन्त्री कप : प्रदेश १ को लगातार दोस्रो जित

0
47
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १६ पुष : प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा बागमती माथि प्रदेश १ ले सानदार जित निकालेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले ५ विकेटको रोमाञ्चक जित निकालेको हो । टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो । मौसमका कारण खेल केही ढिला सुरु भएको थियो । साथै खेल १६ ओभरमा छोट्याइएको थियो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक अभिजित १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। त्यसबाहेक लक्ष्मी साउदले अभिजित ९ र रेवती धामीले ८ रनको योगदान दिइन्। प्रदेश १ को बलिङतर्फ सङ्गिता राईले सर्वाधिक ३ विकेट लिँदा सबनम राईले २ विकेट तथा रुबिना क्षेत्री र निग्मा तामाङले समान १÷१ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले ५ बल बाँकी छँदा लक्ष्य पुरा ग¥यो। जसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाउँदा अप्सरी बेगमले ९ तथा निग्मा तामाङले अभिजित ७ रन जोडिन्। प्रदेश १ को यो लगातार दोस्रो जित हो । अस्तीको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई हराएको थियो।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here