चन्द्रागिरी हिल्स लिमिटेडले आईपीओ जारी गर्ने

0
50
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १८ पुष : चन्द्रागिरी हिल्स लिमिटेडले आउँदो २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पुस आईपीओका लागि पुस २८ गतेदेखि माघ ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here