प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

0
44
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १८ पुष : प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । दाङको देउखुरी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । मौसमका कारण केही ढिला सुरु भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनायो । सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक अभिजित २२ रन बनाउँदा रेवती धामीले १२ रन बनाइन ्। एपीएफका लागि ज्योति पाण्डेले अभिजित रहँदै सर्वाधिक २६ रन बनाउँदा सरिता मगरले १९ रन बनाइन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here