यो वर्ष देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

0
97
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २२ पुष : पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघे सङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो ।

माघे सङ्क्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्याङ्क छ । कार्यकारी निर्देशक घिमिरेले स्नान घरमानै गरेर यस वर्ष माघे सङ्क्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here