प्रधानमन्त्री कप छनोट : प्रदेश २ को सेमिफाइनल र फाइनल खेलको मिति तय

0
52
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २३ पुष : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश २ स्तरीय छनोटको सेमिफाइल र फाइनल खेलको मिति सार्वजनिक भएको छ । समूह चरणका खेलहरु यसअघि नै सकिए पनि सेमिफाइनल र फाइनल खेलहरु अर्को सूचना नभएसम्मका लागि प्रदेश २ क्रिकेट संघले स्थगित गरेको थियो । प्रदेश २ ले हिजो स्थगित सेमिफाइनल र फाइनल खेलको तालिका सार्वजनिक गरेको हो । जसअनुसार सेमिफाइनल खेल पुस २६ र २७ गते हुनेछ भने फाइनल खेल पुस २८ गते हुनेछ ।

पहिलो सेमिफाइनलमा पर्सा र धनुषा तथा दोस्रो सेमिफाइनलमा बारा र सप्तरी भिड्नेछन् । दुवै खेलको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । बाँकी खेलहरु बारामा हुने प्रदेश २ क्रिकेट संघले जनाएको छ । यस्तै लुम्बिनी प्रदेश र कर्णाली प्रदेको छनोट खेल यही पुस २४ गतेदेखि सुरु हुँदैछ । चार वटा प्रदेशको छनोट प्रतियोगिता सकिएको छ भने प्रदेश २ को सेमिफाइनल र फाइनल खेल बाँकी छ । यस्तै लुम्बिनी र कर्णाली प्रदेशको संयुक्त छनोट माघ १ गते सकिनेछ । नेपाल क्रिकेट संघ क्यानले पिएम कप महिला राष्ट्रिय टी–२० क्रिकेट गरिसकेको छ ।

अब पुरुषको प्रतियोगिता हुन बाँकी छ । प्रदेश स्तरीय छनोट प्रतियोगिता सकिएपछि माघ पहिलो सातादेखि पिएम कप पुरुष राष्ट्रिय प्रतियोगिता गर्ने तयारीमा क्यान छ । राष्ट्रिय खेलकुद परिषद राखेपको आर्थिक सहयोगमा क्यानले पिएम कप राष्ट्रिय क्रिकेट आयोजना गरेको हो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here