वीरगन्ज २३ पुष : स्थानीय बजारमा सुजको मूल्य बिहीबार प्रतितोला १ हजार ३ सयले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा बिहीबार भने एकैपटक ठूलो मात्रामा ह्रास देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु १ हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारोबार भएको थियो । तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोबार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।