नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयात गरिने

0
46
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २६ पुष : नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ । भारतको केन्द्रिय विद्युत प्राधिकरण सीईएले टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो । सीईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो ।

प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युतको प्रतियुनिट मूल्य ६ रुपैयाँ ६२ पैसा रहेको छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।

प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत पठाउन नसकिरहेको अवस्थामा टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार आउने कामु कार्यकारी निर्देशक शाक्यको भनाई छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here