नेकपाको पोखरियामा हजारौंको प्रदर्शन, कांग्रेस र फोरमको छातीमै प्रहार, दर्जनौं पार्टीमा प्रबेश, अव नेकपालाई कसैले हराउनै सक्दैनः बक्ताहरु

0
82
Ad_Article_Top
Share :
meropathsala.com

बीरगंज २६ पुष
आज नेकपा पोखरियाको आयोजनामा हजारौंले प्रदर्शन गर्दै सभा समेत सम्पन्न गरेका छन । पोखरिया नगर कमिटीको आयोजनामा सम्पन्न भएको सभामा बक्ताहरुले आगामी हुने निर्बाचनमा अव पर्सा लाल किल्ला बन्ने र अरु कुनै दलले हराउने हिम्मत गर्न नसक्ने गरि जनलहर सृजना भएको बताए । कार्यक्रममा प्रमुख अतिथी नेकपा पर्साका केन्द्रीय सदस्य एवं पर्साका अध्यक्ष प्रभु हजराले ताजा जनादेश लिने ओलीको घोषणा लोकतन्त्रको लागि अपरिहार्य भएकोले यसैले नेपाल र नेपाली जनताको हित गर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथी एवं नेकपाका केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य राजकुमार गुप्ताले ओली नेतृत्वको सरकारले मधेश र मधेशी जनताको हितमा बिकास एवं परिवर्तनको लहर ल्याएकोले उनी कहिल्यै पनि मधेश बिरोधी हुनै नसक्ने धारणा राख्नुहूँदै संसद बिगठन बिकासको बाटो अवरुद्ध गर्न खोज्नेहरुको लागि प्रहार भएको बताउनुभयो । उहाँले हरेक जात जाती भाषा—भाषी र बर्गहरुको हित राष्ट्रियतको पक्षमा खरो उत्रेका ओलीको राष्ट्र एवं जनभक्ति पार्टी भित्रकै केही नेताहरुको लागि असहैय भएको बताउनुभयो । नेता गुप्ताले नेपाली कांग्रेसले पर्साको बिकास निर्माणको सबै प्रकृया रोकेर भ्रष्टाचार, कमिशन खोर एवं अनियमिततामा लिप्त रहेकोले पर्साको जनताले बिकल्प खोजेको र त्यसको लागि बिगतमा फोरमलाई जिताए पनि उस्ले पनि कुनै काम नगरेर उल्टै भ्रष्टाचारका कारण निलम्बनमा परेकोले क्षेत्र नम्बर ३ का जनता अभिभावक बिहीन भए अव आफुले अभिभावकत्व ग्रहण गरि पर्सा क्षेत्र नम्बर ३ का जनताकाृ सबै प्रकारको सुख एवं दुखमा साथै रहने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, बाटो, पुल खानेपानी, बिद्युत र आधुनिक बिकासको अवधारणा ल्याइ आफुले पर्सेली जनताको अनुहारमा हाँसो हेर्न चाहेकोले अव नेकपालाई अवसर दिनुपर्ने समेत बताउनुभयो । कार्यक्रममा संबिधान सभाका सदस्य तथा नेकपाका नेता जयप्रकाशु थारुले सबै प्रकारका्े बेथितीलाई हटाउने हिम्मत ओली सरकारसंग मात्र भएकोले बैशाखमा हुने निर्बाचनमा नेकपालाई बिजय गराउनु आवश्यक रहेको र त्यसको नेतृत्व अव पोखरियाले शुरु गरेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा महिला नेतृ निर्मला देवकोटाले नेपाल र नेपाली जनताको चाहाना, बिचार समस्याको सम्बोधन ओली सरकारले मात्र गर्नृे भएकोले बैशाखमा हुने निर्बाचनमा ओली पक्षीय उम्मेदवारालाई जिताउने आग्रह गर्नुभयो । कार्यक्रममा संबिधान सभाका सदस्य फुलझरी दृेबीले जनताको हित गर्ने ओलीलाई षडयन्त्र गरेर काम गर्न नदिएकोले ताजा जनादेशको लागि जनताको गएको बताउनुुभयो । कार्यक्रममा केन्द्रीय सदस्य बिना शर्माले सबै प्रकारको समस्याको समाधान ओली सरकारले नै गर्ने भएको सोही पार्टीमा लागेर जनहितमा अग्रसर हुन सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रमा प्रदेश सदस्य तेज प्रकाश निषादले अव बल्ल जनताले बिगतमा जनताको अहित गर्ने नेतालाई सजाएं दिने समय आएकोले नेकपालाई जिताउन आग्रह गर्नुभयो । त्यसैगरि प्रदेश सदस्य जोगेन्द्र साह कानुले नेकपाको बिकल्प नभएको यसैमा गोलबन्द हुन आग्रह गुर्नुभयो ।

कार्यक्रममा छिपरमाइका अध्यक्ष मनोज गुप्ताले अव प्रचण्ड नेपाल र कांग्रेस राजपा भ्रम जालमा नपरि बिकासको पर्याय बनेको ओली नेतृत्वको पार्टीमा गोलबन्द हुन आवश्यक रहेको धारणा राख्नुभएको थियो । सुरेश प्रसाद चौरसिया, सुरेश पासवान, अनुप तिवारी, अकलु यादब, सुनिल कुमार चौरसिया, हनिफ अन्सारी, राधा साह, संजिब मिश्र, बिन्ध्याञ्चल ठाकुर, सन्तोष गरि, प्रमोद गिरि, अकलेस साह, रामदेबलाल दास, सन्तोष पासवान, नवप्रबेशीहरु नेपाली कांग्रेसका सक्रीय सदस्य एवं संबिधान सभाका सदस्य रामेश्वर रौनियारका भाई राजेश रौनियार, नेपाली कांग्रेसका महासमितीका सदस्य श्री अन्सारी, राजपाका स्थानीय नेता साह लगायतले अव कसैको पनि प्रलोभनमा नपरेर ओली नेतृत्वको नेकपाका उम्मेदवारलाई जिताउन लाग्ने धारणा राखेका थिए । कार्यक्रम अघि हजारौंको सहभागितामा पोखरिया बजार परिक्रमा गर्दा पुरै पोखरिया नेकपामय भएको दृष्य देखिन्थ्याृृे । कार्यक्रम संबिधान सभाका सदस्य पार्टीका केन्द्रीय सदस्य प्रद्युम्न चौहानको सभापतित्व र दिनेश चौहानको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here