कलैयामा नेकपाको शक्ति प्रदर्शन, हजरौंको सहभागिता पर्सा राजपामा धक्का, सुन्दर कुर्मी पुरानै घर फर्किए

0
205
Ad_Article_Top
Share :
meropathsala.com


बीरगंज २७ पुष

आज नेकपा ओली पक्षधरले कलैयामा शक्ति प्रदर्शन गरेको छ । गाउँगाउँबाट हजारौंको संख्यामा आएको सहभागिताले नेताहरुमा उत्साह थपिएको छ भने बाराको सहभागिता देखेर सबै आश्चर्य चकित भएका छन । कार्यक्रममा पर्साबाट बर्तमानमा जनता समाजवादी पार्टिका बरिष्ठ सदस्य सुन्दर कुर्मी नेकपामा प्रबेश गरेका छन । उनलाई कार्यक्रमका प्रमुख अतिथी माननीय उपप्रधानमन्त्री इश्वर पोखरेलले माला लगाएका पार्टी प्रबेश गराउनुभएको थियो । उहाँ फोरम पर्साका पुर्ब उपाध्याक्ष समेत रहनुभएको थियो कार्यक्रममा उहाँलाई केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य राजकुमार गुप्ता नेकपा पर्साका अध्यक्ष प्रभु हजाराले अंकमाल गरेर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी श्री पोखरेलले प्रचण्ड र माधब नेपालले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाउनुहुँदै सरकारको लोकप्रियताबाट आत्तिएर ओलीलाई कमजोर बनाउन खोजेको, अविश्वास दर्ता गर्न तयारी गरेकोले लोकन्त्रलाई जोगाउन ताजा जनादेशको लागि जनतामा जाने निर्णय भएकोले अब बैशाखमा हुने निर्बाचनमा सबैलाई जुटेर राष्ट्रबादको झण्डा माथि उठाउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रदेशका इन्चार्ज सत्यनारायण मण्डल, शहरी बिकास मन्त्री प्रभु साह, कानून मन्त्री लिला श्रेष्ठ, पार्टीका नेता रघुबिर महासेठ, सुमन प्याकुरेल लगायतले सरकार र पार्टीको बिबिध गतिबिधिको बारेमा प्रकाश पार्नुभएको थियो ,।

कार्यक्रमको अध्यक्षता बलबिर चौधरीले गर्नुभएको थियो भने स्वागत भाषण प्रदेश सांसद ज्वाला साह र संचालन अच्युत मैनालीले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका नेता तथा जनप्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको थियो । जिल्लाको अगूवा कार्यकर्ता भेला पार्टी कार्यालयमा भएको हो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here