वीरगंज,पुस २८
पर्साको बिन्दवासनी गाँउपालिका वडा नम्बर १गर्दौलमा आज कम्बल बितरण गरिएको छ । वडा अध्यक्ष सागिर मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चारसय जनालाई कम्बल बितरण गरिएको थियो । प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखा अधिकृत मिथलेश कुहशवाहा, समाजिक बिकाश एवं स्वास्थ्य प्रमुख रामनरेश चौहान,वडा सचिव अर्जुन प्रसाद चौहान,समाजिक परिचालक रामकुमार कुशवाहा,सशस्त्र प्रहरी, जनपद प्रहरी लगायतको उपस्थिती रहेको थियो । वडा स्तस्तरिय योजनाबाट वडाका अति बिपन्न, दलित, एकल महिला ,अपाङ्ग, ज्येष्ठ नागरिकलाई कम्बल बितरण गरिएको वडा अध्यक्ष मियाले बताउनुभयो ।
