बीरगंज २८ पुष : आज बीरगंज पब्लीक कलेजले स्थानीय होटल भिषुवामा कक्षा ११ का बिद्यार्थीहरुको लागि स्वागत तथा पुर्ब बिद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा बिपिसीमा पढेर अहिले पर्सा को बिभिन्न पालिकाहरुको प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहुन भएको र नेपाल निजामति कर्मचारी संगठनको अध्यक्ष समेत रहनुभएको अमिति गिरि र बिपिसीमै पढेर हाल वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरिक्षकको रुपमा कार्यरत रहनुभएको राजेश राज गिरिलाई सम्मान समेत गरीएको थियो ।
उहाँहरुलाई कार्यक्रममका प्रमुख अतिथि प्रभु हस्पीटलका प्रमुख डाक्टर मनोज गुप्ताले सम्मान गनु भएको थियो । कलेजका निर्देशक डाक्टर दीपक शाक्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, बानका प्रदेश अध्यष आर सी यादब, पत्रकार नेहाल खान, सम्मानीत ब्यक्तित्वहरु अमित गिरी, राजेशराज गिरी हरि रत्न तुलाधर, जुगलकिरशोर प्रसाद लगायतकले आ—आफ्नो धारणा राख्नुभएको थियो ।