बीरगंज २८ पुष
बीरगंज जेसिजको ४८ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम बिशेष समारोहको बीच सम्पन्न भएको छ । आगामी बर्ष २०२१ को लागि निर्बाचित पदाधिकारी तथा कार्यसमितीको शपथ सम्पन्न भएको हो । समारोहमा बर्ष २०२० को कार्यसमितीलाई धन्यबाद ज्ञापन गर्नुको साथै मायाँको चीनोले सम्मान समेत गरिएको थियो । बर्ष २०२० का अध्यक्ष मुकेश सिँहको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्ष २०२१ का अध्यक्ष रञ्जन राउतको टिमलाई स्वागत तथा शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसिज अवधारणा अर्थात शासन ब्यक्तिको होइन बिधिको हुनपर्छ भन्ने् मान्यतालाई आत्मसाथ गरेको खण्डमा साँचो अर्थमा बिधीको शासन लागु हुने धारणा राख्नुभएको थियो । कार्यक्रममा जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष डाक्टर दीपक शाक्य, बीरगंज उद्योृगा बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले लगायतले नवनिर्बाचित कार्य समितीलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा जेसिजका पुर्ब अध्यक्ष गोपाल केडिया नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय समितीका निर्बाचित हुन भएकोमा अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा पशुपत बिक्रम शाह, श्रीमती उषा शाह, शेखर चौधरी, हरि पन्त, निशान्त लामिछाने, सन्तोृष खनाल, अशोक गुप्ता, अमर बहादुर गौतम लगायतको सहभागिता रहेको थियो ।