बाराको परवानीपुर गाउँपालिका वडा नं २ रामपुरमा नेपाली कांग्रेसको बैठक सम्पन्न

0
30
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २८ पुष : बाराको परवानीपुर गाउँपालिका वडा नं २ रामपुरमा आज नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको निर्णय अनुसार यही माघ तीन गते ७५३ वटै स्थानिय तहमा सरकारको असंवैधानिक कदमविरुद्ध ¥याली तथा विरोध सभा कार्यक्रम गर्ने निर्णय अन्तर्गत आज परवानीपुर गाउँपालिकामा बैठक सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी बारा क्षेत्र नं ४ का क्षेत्रीय सभापति अरविन्द कुमार गुप्ताले पार्टीका नेता, कार्यकर्ता सबैलाई शान्तिपूर्ण ढंगले विरोधको कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नुभयो ।

विरोध सभा कार्यक्रम अन्तर्गत परवानीपुर गाउँपालिका वडा नं १ बुनियादको बीच चौकमा विरोध सभा गर्ने, वडा नं २ रामपुरमा विरोध सभा गर्ने, वडा नं ३ परवानीपुर बजार मा विरोध सभा गर्ने, वडा नं ४ चैनपुरमा विरोध सभा गर्ने, वडा नं ५ बहुअरीको नौतन चौकमा विरोध सभा गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका महासमिति सदस्य जयनारायण यादव, महा अधिबेशन प्रतिनी जगदिश प्रसाद गुप्ता, प्रदेश ख का उमेदवार विजय कुमार गुप्ता, गाउँपालिका उमेदवार लालबाबु यादव, पाँचै वडाका सभापति, वडा नं २ का वडा अध्यक्ष ईश्वरी साह, वाड अध्यक्ष का उमेदवार लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । बैठक गाउँपालिका सभापति पुन्देव यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here