एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक

0
38
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २९ पुष : एफए कप फुटबलको चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ । इंग्ल्यान्ड फुटबल एसोसियसन एफएले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । एफएले सार्वजनिक गरेको तालिका अनुसार चौंथो चरणमै म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्ने छन् । साविक विजेता आर्सनलले साउथह्याम्पटन र श्रुसबरी बीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर सिटीले चौंथो चरणमा चेल्टनहम टाउनसँग खेल्दा स्वान्सी सिटीले नटिङघम फोरेस्टसँग खेल्नेछ । यस्तै चेल्सीले लुटोनसँग खेल्दा टोटेन ह्यामले वेकम्ब सँग खेल्ने तालिका रहेको छ । एफए कपको चौंथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुनेछ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here