वीरगंज, २९ पुष
बाराको फेटा गाउँपालिका वडा नं. १ त्रिबेनीमा बुधबार विहान झडप भएको छ । झडपमा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानिय ६५ बर्षिय गाया साह कानु, उनकी श्रीमती ६० बर्षिय मंजु देबी कनुइन र छोरा ३० बर्षिय लालु साह रहेका छन् ।
घाइतेहरुको वीरगंजस्थि नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये मंजुको अवस्था गम्भिर रहेको छ ।
उनको टाउको फुटेको छ भने टाउकोमा ५ वटा टाँका लागेको छ । छिमेकीहरु सिताराम साह कानु र चन्दन साह कानुको रड प्रहारबाट आफु घाइते भएको पिडित मंजुले वताइन ।