वीरगन्ज महानगरपालिकाले दलित वस्ती मात्र हटाएको दलितहरुको आरोप

0
44
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ माघ : वीरगंज महानगरपालिकाले वडा नं. २१ परवानीपुरमा रहेको दलित बस्ती भत्काएपछि आफुहरु विचल्लीमा परेको भन्दै दलितहरुले हिजो वीरगंजमा पत्रकार सम्मेलन गरि गुनासो पोखेको छन् । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनिहरुले रेल्वेको जग्गामा अहिले पनि सयौ घरहरु भएको तर महानगरपालिकाले १२ वटा दलितहरुको घर मात्रै भत्काएकोे भन्दै गुनासो गरेका थिए । पत्रकार सम्मेलनमा विस्थापीत मध्येकी गिरिजादेवी रामले चालीस वर्षदेखि आफु सो ठाउमा बस्दै आएकोमा हाल महानगरले भत्काएको तर सोही स्थानमा राजहंस घ्यू उद्योगले पक्की गोदाम निर्माण गरिररहेको बताए ।

वडाध्यक्ष हबीब मिया र उनका छोराहरूले बलजप्mती घर भत्काएर सो जग्गा राजहंस घ्यू उद्योगलाई दिन खोजेको विस्थापीत दलितहरुको आरोप छ । महानगरपालिकाले पुस २७ गते दलित वस्ती मात्र हटाएको भन्दै सोको विरुद्ध स्थानियले पनि आवाज उठाउदै आएका छन । स्थानियले गैरदलितहरुलाई नहटाएर महानगरपालिकाले दलितहरुलाई मात्र हटाउनु विभेद भएको प्रतिक्रिया दिएका छन् । उक्त आरोपलाई वीरगंज महानगरपालिका अधिकारीले अस्विकार गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here