बारामा सरसफाइ अभियान सुरु

0
45
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ माघ : बारामा सरसफाइ अभियान हिजोबाट सुरु भएको छ । कलैया बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन हिजोबाट शुरु गरिएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले बताउनु भएको छ । कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल र जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र सहित सरोकारवालाको टोलिले हिजोबाट कलैयाको सरसफाइमा जुटेका हुन् ।

नगर प्रमुख यादवले कलैया बजारमा अतिक्रमण हुन नदिन अन्य निकायसँग समन्वय गरेर निरन्तर अनुगमन गरि उज्यालो कलैया बनाउन आफुहरु लागि परेको बताए । सरोकारवाला ले हिजो अनुगमन सुरु गर्दै नगर क्षेत्रमा जथाभावी फालिएको फोहोर संकलन , फुटपाथ मा रहेको पसल हटाउनु को साथै सडक मा बनाइएका भौतिक संरचनाहरुलाई हटाउन चेतावनी समेत दिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here