गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते

0
31
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ माघ : गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा बेहुलासहित १३ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका(२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको डीएसपी पाण्डेले बताए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here