बीरगन्जमा थारु समुदायले माघे सक्रान्ति पर्व धुमधामले मनाइयो

0
34
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ माघ : माघी ( खिचिडी) मुल समारोह समिति पर्साले आज बीरगन्जमा थारू सम्बत २६४५ औ धुमधामले मनाएको छ । बीरगन्ज स्थित आर्दशनगर सुइमिङग परिसरमा मनाएको हो । माघी (खिचिडी) मुल समारोह समिति पर्साका सँयोजक प्रभु चौधरीको अध्यक्षता तथा समाजसेवी शिक्षा विकास प्रेमी नन्दलाल चौधरीको प्रमुख आतिथ्यमा समपन्न भएको थियो । समारोहमा बक्ताहरुले अहिले आफ्नो भाषा सास्कृतिक र परामपरालाई जगेर्ना आवश्यक रहेको बताए। जनताको मतअधिकारबाट निर्वाचित भएका रेशम चौधरीलाई सरकारले सुनपजित दङ्गले फसाएकोले अब फेरि आफ्नो अधिकारका लागि लडाइँ गर्न बाकी रहेको बताएका छन् ।

सरकारले सबिधानमा नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा नै विघटन गर्नु गलत भएको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति अजय दुवेढी,डेसिमल कलेजका डां. सुस्मा तिवारी,नेकपाका केन्द्रीय सदस्य बसुदिन अन्सारी,डा राजेश चौधरी,आदिवासी जनजाति पत्रकार महासघ प्रदेश २ का इन्चार्ज निरज पिठाकोटेमगर,बारएसोसियसनका अध्यक्ष ओम प्रकाश गुता,प्याब्सन पर्साका अध्यक्ष डाक्टर हरिशकर साह,प्याब्सनका कोषाध्यक्ष सरोज चौधरी,अधिबक्त अमय दास थारू,नन्दकिशोर पन्जियार राजेन्द्र चौधरी लगायतले आ,आफ्नो मनतब्य दिनुभएको थियो।समारोहमा बिभिन्नथारू नाच,र थारु परिकारहरु समेत राखिएको थियो ।

भने उक्त समारोहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको प्रचार प्रसार समितिका सहसयोजक सन्जय दास थारूले जानकारी दिएका छन्

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here