माघे सन्क्रान्तीको अवसरमा कम्बल बितरण

0
44
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ माघ : कलैया उपमहानगरपालिका वडा नम्बर १ का समाजसेवी दम्पती लक्ष्मी यादब र राजभरि देबि अहिरिनले १४ औ पटक गरिबहरुलाई कम्बल बितरण गरेका छन । आफ्नै निवास प्राङ्गणमा आयोजना गरिएको कम्बल बितरण कार्यक्रममा यो बर्ष नगरका २ सय गरिब दलित असहाय एकल महिला लगायतकालाई कम्बल बितरण गरिने कम्बल बितरण कार्यक्रमका सम्योजक तथा यादब दम्पतीका छोरा बिशेस्वर यादबले जनाएका छन ।

प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादबले समाजमा रहेका गरिब असहायलाई सहयोग र दान गर्नु सब भन्दा पुण्य कर्म भएको बताएका छन । १४ औ पटक आयोजना गरिएको कम्बल बितरण कार्यक्रमको प्रमुख आतिथ्यताको रुपमा बोल्दै यादबले बताए । कलैया वडा नम्बर १ निवासी समाजसेवी दम्पती द्वय लक्ष्मी यादव तथा श्रीमती राजभरी अहिरिनद्वारा वडा नम्बर १,२,३ र ४ का गरिब, असहाय, बिध्वा, दलित एवम् बिपन्न ब्यक्तिहरुलाई जाडो बाट बच्न सहयोग स्वरुप कम्बल बितरण गरिएको हो ।

माघे सन्क्रान्तीको अवसर पारेर प्रत्येक बर्ष यादब दम्पतीले हरेक बर्ष सहयोग गर्दै आएका छन । बिगतको १३ बर्ष देखि यस्ता गरिब असहायहरुलाई कम्बल बितरण गर्दै आएको यादबको छोरा बिशेस्वर प्रसाद यादबले बताए । उक्त कार्यक्रममा बिशिस्ट अतिथी प्रदेश सान्सद ज्वाला साह र पारस साह, सम्बिधान सभा सदस्य शोभाकर पराजुली,जिल्ला समन्वय समिती बाराका सह सम्योजक पवन ब्याहुत,कलैया उपमहानगरका प्रमुख राजेश यादब, उधोग बाणिज्य संघ बाराको महासचिव राम आशिष साह, समाजसेवी देबेन्द्र गिरि,ॐ शान्ति को सन्चालिका मिना दिदी लगायतकाको उपस्थिति रहेको थियो । उक्त अवसरमा सबैलाई कम्बल तथा लाई र तिलको लड्डु बितरण गरिएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here