निर्वाचन आयोगले घोषित चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल

0
47
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ५ माघ : निर्वाचन आयोगले घोषित चुनावको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको छ । छलफलका क्रममा आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने एवम् १६ र १७ गते त्रुटि भए सच्याउन निवेदन दिन लगाउने प्रस्ताव गरेको छ । आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनावको घोषणा भएकाले त्यसबारे छलफल गर्न आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै बैठकमा मतदान केन्द्रबारे पनि छलफल भएको राजनीतिक दलका प्रतिनिधिहरूले बताएका छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here