प्रधानमन्त्री कप : क्रिकेट प्रतियोगिता खेल्न लागेको प्रदेश २ का खेलाडीलाई कलैया उपमहानगरपालिकाद्धारा सम्मान सहित बिदाई

0
57
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ५ माघ : प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता खेल्न जान लागेको प्रदेश २ का खेलाडी सहित प्रशिक्षकलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले सम्मान सहित बिदाई गरेका छन् । आज एक कार्यक्रमका बीच जिल्लाको सदरमुकाम कलैया स्थित भरत चौकमा नगर प्रमुख यादवले उनीहरुलाई बिदाई तथा सम्मान गरेका हुन् । साथै उनले प्रतियोगिता जितेर आउन हौसल्ला समेत दिएका छन् ।सुरज प्रसाद कुर्मीको कप्तानी रहेको १८ सदस्यीय टोलि रहेका छन् । खेलाडीहरु हरिसंकर साह , सुधीर चौधरी ,रबि साह , विशाल सुश्लिङ्ग ,रबि साह , हिमासु दत्त, महेबुब आलम , कुमार थापा , विवेक यादव ,राहुल प्रताप सिंह,आदिल अन्सारी , दिब्वान्सु मलिक , सैफुल्लाह अन्सारी रहेका छन् भने बैकल्पिकमा आषिश झा , गुलसन झा , नसरुदिन अन्सारी ,तिर्थ राज दास रहेका छन् । माघ २ गते देखि प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता सुरु भएको थियो ।माघ १७ गतेसम्म चल्ने प्रतियोगिता कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछ । ३ विभागीय र सात प्रदेश गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहमा सबैले एक अर्कोसँग खेले पछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here