शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति भण्डारी

0
81
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ६ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमवार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ बुझ्दै उहाँले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधि सभा सदस्य चुनाव गराउन जरुरी भएको बताउनुुभएको हो ।

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित चुनावका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै चुनावको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम आयोगको भएको बताउनुभयो । चुनावमा बढीभन्दा बढी मतदाता सहभागी गराउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदानस्थल तथा केन्द्र मतदातामैत्री बनाउन उहाँले सुझाव दिनुभयो ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने गरी मिति घोषणा गरिसकेको छ । राष्ट्रपति समक्ष आयोगले पेस गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसदमा छलफलका लागि पेस गर्ने संवैधानिक व्यवस्था छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here