जिराभवानी काण्ड प्रहरीमा पुग्यो , करणीका आरोपी दुई कष्टडीमा

0
259
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, ६ माघ : गत मंसिर महिनाको २३ गते पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ स्थित जिराभवानी गाउँपालिकाको वडा नं. ४ सुपौलीमा दलित वस्तीमा प्रवेश गरी २० यूवती सबिता कुमारी रामलाई जबरजस्ती करणी गर्न खोज्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । उक्त गाउँका काशि महतो थारु र विन्दानन्द थारुले ती यूवती माथि जबरजस्ती करणी गर्ने योजना बनाएका थिए ।

गत मंसिर २३ गते यूवती घरमा एक्लै भएको मौका छोपि थारुद्वयले पिडित यूवतीको घरपरिवारलाई अनावश्यक दवाब दिने र धम्कीपूर्ण भाषा प्रयोग गरी गाउँबाटै छोडाउने चेतावनी समेत दिँदै आएको समाचार प्राप्त हुन आएको छ । हाल प्रहरीमा किटानी जाहेरी परेपछि दुईजनालाई नियन्त्रणमा राखेर अनुसन्धान प्रत्रिया अगाडी बढेको बताइन्छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here