धोवनीमा नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न, माधव प्रचण्डको बालहठका कारण नेपालीले दुख पाए –नेता गुप्ता

0
160
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,माघ ७ राकेश साह
पर्साको धोवनी गाँउपालिकामा आज नेकपाको गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । लंगडी चौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पर्सा अध्यक्ष प्रभु हजराले प्रचण्डको स्वार्थका कारण देशमा अस्थिरता आएको बताउनुभयो । प्रमुख अतिथी समेत रहनु भएका हजराले गलत मान्छेको हातमा सता दिनु भन्दा जनतामा जानु उत्तम बिकल्प भएकाले प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको जिकिर गर्नुभयो ।
यसैगरी केन्द्रिय सदस्य एवं संबिधान सभा सदस्य राजकुमार गुप्ताले माधव प्रचण्डको बालहठका कारण नेपाली जनताले दुख पाएको आरोप लगाउनुभयो । गुप्ताले लोकतन्त्रको सुन्दर पक्षनै निर्वाचन भएकोले निर्वाचनमा भाग लिन प्रचण्ड माधव समुहलाई आग्रह गर्नुभयो । विशिष्ट अतिथी समेत रहनु भएका गुप्ताले संबिधानको रक्षा गर्न र देशमा सुशासन कायम गर्न अगामी बैशाखमा हुने निर्वाचनमा ओली नेतृत्वको नेकपालाई बिजय गराउन आग्रह गर्नुभयो ।
यसैगरि संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य जयप्रकाश थारुले देशलाई ठुलो दुर्घटनबाट जोगाउन प्रधानमन्त्री ओलीले बाध्य भएर सदन बिघटनको कदम चालेको बताउनुभयो । उहाँले दुई तिहाई बहुमत प्राप्त नेकपालाई समाप्त पार्न देशी बिदेशी प्रतिक्रियावादीहरु हावी भएको आरोप लगाउनुभयो । थारुले माधव प्रचण्डका कारण गौरमय ईतिहास बोकेको नेपाली कम्युनिष्ट माथि खतरा उत्पन्न भएको आरोप लगाउनुभयो । थारुले देशी बिदेशी शक्तिलाई परास्त गर्न सम्पुर्ण राष्ट्रवादी समुहलाई एकहुन धारणा राख्नुभयो । उहाँले ओलीले गरेका राम्रा कामको प्रचार प्रसार संगै संगठन निर्माणमा बिशेष ध्यान दिन पनि नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।


यता छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले प्रचण्डले सता र शक्तिको उपयोग आफन्त र परिवारको लागि मात्र गरेको दावी गर्नुभयो । पुर्वप्रधानसेनापति रुकमांगत कटुवाल सामु झुक्ने प्रचण्ड भन्दा ताजा जनादेशको लागि जनतासामु जाने प्रधानमन्त्री ओली सच्चा देशभक्त र राजनेता भएको जिकिर गर्नुभयो । उहाँले वैशाखमा हुने निर्वाचनको सामना गर्न पनि प्रचण्ड माधव समुहलाई चुनौती दिनुभयो ।
कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य प्रधुम्न चौहान,केन्द्रिय सदस्य बसरुदिन अंसारी, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, युवा नेता सुन्दर कुर्मी, अकलेश साह लगायतकाले धारणा राख्नुभएको थियो ।
नेकपा गाँउपालिका अध्यक्ष मजिद अहमदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संबिधान सभा सदस्य फुलझरी देवी, प्रदेश कमिटी सदस्य योगेन्द्र प्रसाद, जिल्ला सदस्य बलिराम साह, ,ईमरान हुसेन,हरी पटेल,श्याम पटेल,शम्भु पाल ,खुरुम्म अंसारी गौरव संतोष पटेल लगायत स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम शुरु हुनुअघि बिशाल मोटरसाईकल रयाली समेत निकालिएको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here