बाराको परवानीपुर गाउँपालिका वडा नं ५ टोल बहुअरीमा आज नेपाली कांग्रेसको विरोध रयाली तथा विरोध सभा कार्यक्रम सम्पन्न भएको छ । सरकारले गरेको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेसको केन्द्रीय कमिटीको निर्णय अनुसार आज देशभर विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । वडा नं ५ बहुअरी टोलमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि परवानीपुर गाउँपालिकाका महाधिवेशन प्रतिनिधि जगदिश प्रसाद गुप्ताले वर्तमान सरकार भ्रष्टाचार र बैमनिमा डुबेको आरोप लगाउनु भयो। वहाले वर्तमान सरकारको रवैया हेर्दा तोकिएको मितिमा निर्वाचन हुनेमा पनि आशंका रहेको आरोप लगाउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि परवानीपुर गाउँपालिकाका मेयर पदका उम्मेदवार लालबाबु यादवले नेपाली कांग्रेस पार्टी बर्गजको रुख जस्तो पार्टी भएको जुन हजारौँ वर्षसम्म टिक्ने हुनाले यो देशमा नेपाली कांग्रेस भन्दा आरु कुनै विकल्प नभएकोले सबैलाई नेपाली कांग्रेस पार्टीमा जुटी पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गर्नुभयो । यादवले यो पार्टी सबै वर्ग, हिन्दु, मुस्लिम, मधेशी, पहाडी आदि सबैजातिलाई साथमा लिएर हिड्ने पार्टी भएकोले युवाहरुलाई साथ दिन आग्रह गर्नु भएको थियो। वहाले ओली सरकारको असंवैधानिक कदमको बिरोध गर्दै अब नेपाली कांग्रेसलाई देशको नं १ पार्टी बनाउनमा सबैलाई आग्रह गर्नुभयो ।

अर्का विशिष्ट अतिथि पार्टीका युवा नेता प्रभु पटेलले प्रधान मन्त्री केपी ओलीको असमझदारीको करणलेगर्दा देशमा यस्तो अवस्था आएको आरोप लगाउनुभयो । वहाले देशको युवा शक्ति सबभन्दा ठूलो शक्ति भएकोले युवाहरुलाई देश बचाउने अभीयानमा लाग्न आग्रह गर्नुभयो । नेता पटेलले अबको निर्वाचनमा नेपाली कांग्रेसको सरकार बनाउनको लागि सबैलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा वडा नं ४ का एकाई अध्यक्ष महन्थ राम, युवा नेता लोहा सिंह, गौरी साह, योगेन्द्र साह, रामानन्द साह लगायतले सरकारको असंवैधानिक कदमको बिरोध गरेका थिए ।

कार्यक्रम पूर्व गाविस अध्यक्ष किशोर पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन राजकिशोर गुप्ताले गरेका थिए । कार्यक्रम अगाडि युवाहरुको मोटर साइकल र्याली वडाको परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो ।