वीरगंजमा बारा पर्साका पिनका अगुवा ईन्जिनियरहरुको भेला तथा प्रशिक्षण सम्पन्न

0
154
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, माघ ८ राकेश साह
नेकपा निकट बारा पर्साका प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एशोसिशन नेपाल(पिन)का अगुवा ईन्जिनियरहरुको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।नेकपा केन्द्रिय सदस्य एवं पिनका अभिभावक डा. भरतराज पहरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । पिनका प्रदेश सचिवालय सदस्य एवं बारा पर्सा संयोजक ईन्जियनिरय श्यामकिसोर दासको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा युवा नेता एवं पिनका सदस्य ईन्जिनियर रवि गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

होटल कुमु प्यालेशमा आयोजित कार्यक्रममा बिशिष्ट अतिथी नेकपा पर्सा अध्यक्ष एवं केन्द्रिय सदस्य प्रभु हजरा,संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ता,पिनका केन्द्रिय सचिवालय सदस्य शिवमंगल गिरी,पिनका केन्द्रिय सदस्य सुरज लामिछाने,संजिव रोक्का,देवकाजी गुरुङ्ग,पिनका प्रदेश सचिव बिजय थारु लगायतकाले धारणा राख्नुभएको थियो । वक्ताहरुले देश बिकाशमा ईन्जिनिरको भुमिका महत्वपुर्ण भएको बताएका थिए ।उहाँहरुले देश निर्माण गर्न ईन्जिनियरहरुले आफनो क्षमता देखाउने बेला भएको समेत धारणा राखेका थिए । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महमद निजाम,ओविसी पर्सा अध्यक्ष अकलेश साह , अनेरास्ववियूका सदस्य कनिश पटेल लगायतको उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here