देवताल गाउँपालिकाले तोकेकै मितिमा गर्यो शिक्षक दरबन्दी मिलान

0
193
Ad_Article_Top
Share :
meropathsala.com

मोहन लाल पंडित
माघ ८ वीरगञ्ज

शिक्षा बिकास तथा समन्व्य इकाई बाराले सबै पालिकाहरूलाई शिक्षक दरबन्दी मिलानको २०७७र०९र१९ को परिपत्र गरेको थियो त्यसलाई मध्ये नजरगरि तोकिएकै मिति भित्र देवताल गाउँपालिकामा शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्ना भएको गाउँपालिका अध्यक्ष चन्दन सिहंले बताउनुभयो । आफु शिक्षकबाट राजनितिमा आएकोले शिक्षालाई बिशेष प्राथमिक्तामा राखेर गाउँसभाबाट नै बजेट बिनियोजन गरेको अध्यक्ष सिंहले बताए ।

गाउँपालिकाले गरेको शिक्षक दरवन्दी मिलानको कार्य नियम बिपरीत नभएकोले सबै बिधालयका शिक्षक, शिक्षिकाहरू सराहनिय रूपमा लिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रितिका दहाले बताईन ।

यस्तै प्रमुख प्रशाकीय अधिकृत सिकेन्द्र साहले गाउँपालिकाको कर्मचारी तथा आम जनताहरूलाई सुशासनको प्रत्याभुति गराउन कुनै पनि हालतमा पछि नपर्ने उहाँको प्रतिबद्धता रहेको छ । शिक्षक सरुवा तथा दरबन्दी मिलानमा केही मात्र शिक्षकको असन्तुष्टी रहेकोले त्यसलाई पनि समाधान गरेर अघिबढने अध्यक्ष सिंहको भनाई रहेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here