देवताल गाउँपालिकामा नेपाली कांग्रेस द्वारा बिरोधसभा

0
117
Ad_Article_Top
Share :
meropathsala.com

मोहन लाल पंडित
माघ ८ वीरगञ्ज

बाराको देवताल गाउँपालिका वडा नं १ बड्की फुलवरिया लगाएत सातैं वडामा नेपाली कांग्रेसका वडा ईकाइले बिरोधसभा गरेको छ । वडाको ईकाई सभापति कमल राय यादवको सभापतित्वमा आयोजित बिरोध सभाका प्रमुख अतिथि नेपाली कांग्रेस बारा क्षेत्र २ (क) को क्षेत्रिय सभापति तथा गाउँपालिका अध्यक्षको प्रत्यासी हरिलाल दास उर्फ बच्चु बाबाले सम्बिधानको कुनै पनि धारा उपधारामा संसद बिघटन गर्ने उल्लेख नभएको कुरा बताउँदै केपी ओलीको सरकारले प्रतिनिधि सभा भंग गरेर लोकतन्त्र विरोधी गतिविधि गरेको आरोप लगाए ।

देवताल वडा नं १ को बड्की फुलवरिया बजारमा आयोजित बिरोधसभामा विशिष्ट अतिथि सोही वडाको वडा अध्यक्षको प्रत्यासी उम्मेद्वार नरेन्द्र सिंहले पनि मन्तव्य राखेका थिए । बिरोध सभामा मनतव्य राख्ने क्रममा ने.बि.संघ पर्साको जिल्ला सचिव प्रभात सिंहले ओलि नेतृत्व बाहेकाको सबै दलको बाटो एउटै भएको हुनाले एक ढिक्का भएर , पार्टीको नाम छोडेर संघर्षमा जुटन सबै तन्नेरी युवाहरुलाई आह्वान गरे ।

सो बिरोध सभामा बाराको पुर्व गा.बि.स अध्यक्ष नवल किशोर यादव विशिष्ट अतिथिको रुपमा मंचाषिन थिए, अतिथिहरुमा पुर्व गा.वि.स अध्यक्ष रामअवध यादव,पुर्व ईकाई सभापति राम किशोर शाह, युवा नेता ललन यादव, वाड अध्यक्ष प्रत्यासी सुरेश साह , मदन सिंह लगायतका नेताहरुले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमलाई नेता रामकृष्ण पाण्डेयले सहजिकरण गरेका थिए ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here