वीरगंज, माघ १० राकेश साह
पर्साको ठोरी गाँउपालिकामा आज नेकपाको गाँउपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा ठोरी गाँउपालिका सचिव प्रताप श्रेष्ठको अध्यक्षतामा एवं नेकपा पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजराले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा चर्चा गर्नुभएको थियो । हजराले नितान्त व्यक्तिगत स्वार्थका कारण पार्टी बिभाजन गर्ने नेताहरुलाई आउने चुनावमा तह लगाउनुपर्ने धारणा राख्नुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य राजकुमार गुप्ताले अगामी निर्वाचन भयरहित बातावरणमा हुने बताउनुभयो । उहाँले मतपत्र च्यात्ने, बति निभाएर निर्वाचन जित्ने युग समाप्त भएको बताउदै जनताको काम गर्न प्रचण्ड माधव समुहका नेतालाई आग्रह गर्नुभयो । संबिधान सभा सदस्य समेत रहनुभएका गुप्ताले तिन बर्षमा ओलीले गरेका राष्ट्रिय गौरवका आयोजना,मधेशको लाईफलाईन हुलाकी सडक निर्माण लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो । गुप्ताले आउने निर्वाचनको परिणाम आफनो पक्षमा पार्न टोल टोलमा संगठन निर्माण गर्न पनि अनुरोध गर्नुभयो । उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा एकतावद्ध हुन सवैलाई आग्रह गर्नुभयो ।

यसैगरी केन्द्रिय सदस्य जयप्रकाश थारुले ठोरीको स्थानीय सरकार निकम्मा भएको आरोप लगाए । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल बनाउन प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय गरेर देश बर्बाद पार्ने षडयन्त्र बिफल बनाई दिएको बताएका थिए ।कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य जयप्रकाश थारु,प्रधुमन चौहान, बिशभर शर्मा, ,निर्मला देवकोटा, , प्रदेश कमिटी,जोगिन्द्र साह, तेजप्रकाश निषाद, जिल्ला समन्वय समितीका उपसभापति ठाकुर न्यौपाने, साबिक निर्मलबस्ती गाबिस अध्यक्ष लाल बहादुर श्रेष्ठ, साबिक ठोरी गाबिस अध्यक्ष उद्धव सापकोटा, गोकुली रेग्मी, ठोरी ५ का वडाध्यक्ष अनेरास्ववियु ठोरी अध्यक्ष मोनिका घतानी जिल्ला सदस्य अप्सरा तामाङ, ओविसी पर्सा अध्यक्ष अकलेश साह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गोकुली रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
