फागनु १ गते देखि वीरगंजमा कबडी प्रतियोगिता हुने

0
231
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, माघ १८
फागुन १ गते देखि वीरगंजमा कबडी प्रतियोगिता हुने भएको छ । कबडी संघ पर्साको बिशेष पहल एवं वीरगंज महानगरपालिकाको आयोजनामा प्रतियोगिता हुने भएको हो । कबडी संघ पर्साका अध्यक्ष आकाश पटेलको नेतृत्वमा आज महानगरपालिका पुगेको टोलीलाई मेयर बिजय सरावगीले प्रतियोगिता संचालनको लागि अनुमति दिए संगै प्रतियोगिता संचालनको सुनिश्चिता भएको हो । टोलीले आजै प्रतियोगिता संचालनको लागि लाग्ने अनुमानित बजेट समेत प्रस्तुत गरेको थियो । यसैगरी शिक्षा प्रमुख अरबिन्दलाल कर्णले फागुन १ गते देखि प्रतियोगिता संचालनको लागि महानगर तयार रहेको जनाउदै संघलाई बिशेष सहयोग गर्न आग्रह गर्नुभयो । वीरगंजमा जारी मेयर कप प्रतियोगितामा यसबर्ष कबडी खेललाई समावेश नगरेकोमा कबडी संघ पर्साले महानगरपालिकालाई ध्यानाकर्षण गराएको थियो । संघले कबडी प्रतियोगिता संचालनको लागि निरन्तर प्रयास गर्दै आएको संघका सदस्य अनिल पटेलले बताउनुभयो । पटेलले संघको मिहिनेत सफल भएको र महानगरपाकिलाको निर्णयले सम्पुर्ण कबडी खेलाडी र शुभचिन्तक उत्साहित भएको बताउनुभयो । सो अवसरमा क्रिकेटका प्रशिक्षक प्रकाश शर्मा , कबडी संघका सचिव राकेश साह, सदस्यहरु अनिल पटेल, रंजित चौरसिया, सुवास राम, राजेश यादव,मुन्ना कुशवाहा,नरेश यादव लगायतको उपस्थिती रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here