वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रियो

0
126
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १८ माघ : वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा बढी डिजेल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालमा खपत हुने कूल परिमाणको पेट्रोलियम पदार्थको आधा हिस्सा वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने गरेको छ। तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनामा रु ४७ अर्ब ८७ करोड १७ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भइ नेपाल भित्रिएको छ ।

यसमध्ये रु २३ अर्ब मूल्य बराबरको डिजेल आयात भएको हो। तुलनात्मक रुपमा हेर्ने हो भने अघिल्लो आर्थिक वर्ष २०७६­÷७७ को सोही अवधिमा डिजेल आयात तीन प्रतिशतले वृद्धि भएको छ। कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सङ्घीय सरकारले लगाएको नाकाबन्दीको कारण सुरुमा डिजेल आयात घटे पनि असोजदेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए।

चालू आर्थिक वर्षको छ महिनामा पाँच लाख चार हजार लिटर डिजेल पाइपलाइनबाट अमलेखगञ्ज डिपोमा भित्रिएको छ भने अघिल्लो आर्थिक वर्षको छ महिनामा चार लाख ९१ हजार लिटर इन्धन नेपाल भित्रिएको हो। भन्सार कार्यालयले चालू आवको छ महिनामा डिजेलबाट करीब २३ प्रतिशत राजश्व उठाएको छ ।

भारतको मोतिहारीबाट पाइपलाइनमार्फत डिजेल आएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट भन्सार कार्यालयले रु १६ अर्ब ६२ करोड डिजेलबाटै राजश्व उठाएको छ। सो अवधिमा पेट्रोल र एलपी ग्यासको आयात भने घटेको छ।

पेट्रोलको आयात परिमाण ११ प्रतिशत र एलपी ग्यास १७ प्रतिशतले बढेर गएको वीरगञ्ज भन्सारले जनाएको छ। भारतको मोतिहारीबाट बाराको अमलेखगञ्ज डिपोसम्म पाइपलाइनमार्फत आउने डिजेलको परिमाण नाप्न अमलेखगञ्ज डिपोमा विलिङ मेसिन राखिएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here