वीरगन्ज २१ माघ : राष्ट्रिय सहकारी बैंक लिमिटेडको कलैयामा शाखा संचालनमा आएको छ । आज शाखा उद्घाटन गर्दै प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले सहकारीलाई व्यवस्थित गरेर लैजानुपर्ने आवश्यकता रहेको बताउँनु भएको छ । अहिलेको बेरोजगारी अवस्थामा सहकारीले रोजगार सृजना गरी युवाहरुलाई जीविकोपार्जन गर्न सहयोग पुगेको समेत बताउँनु भएको हो । उनले केही सहकारीहरुले किसान र व्यवसायीहरुको लाखौं नगद लिएर फरार भएकोमा दुःख व्यक्त गर्नु भएको छ ।

मन्त्रि साहले प्रदेश सरकार सहकारी सम्बन्धी ऐन ल्याउने तयारीमा जुटेको छ । बैंकका केन्द्रीय अध्यक्ष केबी उप्रेतीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य पारस साह, बैंकका सञ्चालक विश्वनाथ मण्डल, धु्रव यादव, नेप्mस्कुनका सञ्चालक हरेराम पटेल, बैंकका सिइओ बद्री गुरागाई, शम्भु गुप्ता, बारा अध्यक्ष मिश्रीलाल सहनी, जिल्ला कृषि सहकारी सङ्घ पर्साका अध्यक्ष शिवकुमार साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।