राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित

0
59
Ad_Article_Top
Share :
meropathsala.com

वीरगञ्ज, २४ माघ : राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले हराएको हो । आर्मीका रश्मी घिसिङले ४ गोल गरिन् । यस्तै सर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एकरएक गोल गरे ।

आर्मीले एक गोल आत्मघाति उपहार पाएको थियो । जितसँगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ । लगातार सातौं हार व्यहोरेको चौदण्डी पुछारमा रहेको छ । एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । महिला लिगमा आजदेखि दोस्रो चरणको खेल सुरु भएको हो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here