प्रदेश स्तरीय कबडी प्रतियोगितामा पर्साको लगातार दोस्रो जित, सेमीफाईनमा जनकपुरसंग भिड्ने

0
73
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज,माघ ,२९ ,राकेश साह
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको संखुवा बजारमा भईरहेको प्रदेश स्तरीय पुरुष कबडी प्रतियोगितामा पर्सा लगातार दोस्रो खेल जित्दै सेमी फाइनलको यात्रा तय गरेको छ । आज भएको सप्तरी र पर्सा बिचको खेलमा पर्सा ५ अंकले बिजयी भएको हो । निर्धारित समयमा पर्सा ४५ र सप्तरीले ४० अंक हासिल गरेका थिए । यस अघि हिजो पर्साले सर्लाहीलाई १२ अंकले पराजित गरेको थियो । अब पर्साले भोली सेमीफाईन खेल जनकपुर संग खेल्ने कबडी संघ पर्साका अध्यक्ष आकाश पटेलले बताउनुभयो । खुशी आलम अंसारीको कप्तानीमा रहेको पर्सेली कबडी टिममा बिजय चौधरी,रैफु आलम,संस्कार पटेल,सत्यम महतो ,आलोक चौधरी ,आकाश महतो ए, आकाश महतो बि, गौरव द्विवेदि लगायत खेलाडीहरु रहेका छन ।

टोलीमा प्रशिक्षकको जिम्मेवारी उपेन्द्र पटेल र म्यानेजरको जिम्मेवारी बिद्यासागर पटेललाई दिएको अध्यक्ष पटेलले बताउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here