फागुन २३ देखि आम सार्वसाधारणलाई कोरोना खोप दिने सरकारको तयारी

0
78
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १ फागुन : सरकारले २३ फागुन देखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ । भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघ देखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार अग्रभागमा खटिएकालाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए । २६ माघ देखि ३० माघ सम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइएको छ । २ फागुनदेखि ८ गते सम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । खोप वितरणको प्राथमिकता परिवर्तन नगरेको तर, उपलब्धता हेरेर निर्णय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका खोप महाशाखाको प्रमुख डा. झलक गौतमले बताउनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here