वीरगंज,फागुन १
पर्साको बहुदरमाई नगरपालिकामा आज देखि नगर स्तरिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितालाई जसपाका नेता शिव पटेलले आज एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको छ । बहुदरमाई नगरपालिका वडा न.२पिपरा स्थित बहुदरमाई मन्दिर नजिक तिलावे नदिको किनारमा रहेको खेल मैदानमा प्रतियोगिता शुरु भएको छ । समग्र नेपाल नामक संस्था द्वारा आयोजित प्रतियोगितामा नगरपालिकाका आठ वटा टिमको सहभागीता रहेको नेता पटेलले बताउनुभयो । सो अवसरमा जसपा नेता श्रीराम गिरी, कृष्णा यादव लगायत खेलाडीहरुको सहभागिता रहेको थियो ।
