पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

0
49
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज २ फागुन : पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार तीन हजार पाँच सय नमुनाको पीसीआर परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये उपत्यकामा मात्र ६१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रवक्ता गौतमका अनुसार भक्तपुर २, ललितपुरमा १२ र काठमाडौंमा ४७ गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १३१ जना डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ भने २ लाख ६९ हजार ६० जनाले कोरोना जितेका छन् । अहिले १६ सय ४ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

अहिलेसम्म नेपालमा २ हजार ५४ जनाको मृत्यु भएको छ । शनिबार र आइतबार मृतकको संख्या शून्यमा झरेको हो । अहिलेसम्म २१ लख १७ हजार ५० जनाको पीसीआर परीक्षण भएको नेपालमा ७९ जना क्वारेन्टाइनमा छन् ।
यता नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखिएको छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस ’यूके भेरिएन्ट’ को सङ्क्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ती १२ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक (जिन सिक्वेन्सिङ) गर्ने तयारी थालिएको पनि डा. गौतमले जानकारी दिनुभयो । उनीहरू सबैको अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ । कोरोनाको नयाँ प्रजाति अहिलेसम्म खतरनाक नदेखिएकाले नआत्तिन पनि निर्देशक पौडेलले जानकारी दिनुभयो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here