छपकैयामा जिडिसी कप क्रिकेट प्रतियोगिता शुरु , केन्द्रिय सदस्य अंसारद्वारा उद्घाटन

0
96
Ad_Article_Top
Share :
meropathsala.com

वीरगंज, फागुन ३
ग्वाला डेरी सेन्टरको आयोजनामा आज देखि वीरगंज २ छपकैयामा जिडिसी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितालाई प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य बसरुदिन अंसारीले रिबिन काटेर उद्घाटन गर्नुभएको छ । १३ दिन सम्म चल्ने प्रतियोगितामा १६ वटा क्रिकेट टिमको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । नेकपा वडा नम्बर २ का अध्यक्ष मतलुम ठकुराईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बिशिष्ट अतिथी जिल्ला कमिटी सदस्य ईमरान हुसेन,स्थानिय नेता सलाउदिज सिद्धिकि,साहेब ठकुराई,मकबुल ठकुराई लगायत खेलाडीहरुको सहभागिता रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here