प्रदेश २ सरकार गठन भएको ३ वर्ष पूरा, ९३ बुँदे उपलब्धि प्रस्तुत

0
46
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३ फागुन : प्रदेश २ को सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले ९३ बुँदे उपलब्धि प्रस्तुत गरेका छन् । आफ्नो नेतृत्वमा रहेको प्रदेश सरकारले तीन वर्षको अवधिमा गरेका कामहरुको फेहरिस्त मुख्यमन्त्री राउतले सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले ११ वटा शीर्षकमा ९३ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् ।

सो क्रममा उनले संघीय सरकारविरुद्ध ६ वटा मुद्दा दायर गरिएको विषयलाई पनि प्राथमिकताका साथ समेटेका छन् । संघीयता कार्यन्वयनमा समेत प्रदेश २ सरकारले नेतृत्वदायी भूमिका खेलिरहेको चर्चा गर्दै उनले संविधानले प्रदान गरेको प्रदेशको अधिकारलाई संस्थागत गर्दै प्रदेशको समग्र विकासका लागि सागरनाथ वन, सिंचाई, प्रहरी समायोजन, कर्मचारी समायोजन लगायतका ६ वटा विषयमा संघीय सरकारको विरुद्धमा प्रदेश सरकारले मुद्दा दायर गरेको प्रस्ट पारे ।

उनले यो अवधिमा प्रदेश सरकारबाट ‘बेटी पढाउ बेटी बचाउ अभियान’ सञ्चालन भएको, एक सहिद परिवार, एक रोजगारी, मुख्यमन्त्री स्वच्छता अभियान, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतका काम भएको बताए ।

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेशमा ६ हजार ९ सय ६ छोरीको बिमा, २६ हजार ९ सय ५६ छोरीको तथ्यांक संकलन, २ सय ४१ सामुदायिक विद्यालयमा १४ हजार साइकल वितरण, २८ छात्रालाई छात्रावृत्ति, १ सय ५ महिलालाई लोकसेवा तयारी कक्षाको सुविधा उपलब्ध गराइएको पनि उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत विभिन्न मठ मंन्दिर र गुम्बाहरुको संरक्षण तथा सौन्दर्यीकरणको कार्य अगाडि बढेको मुख्यमन्त्री राउतको भनाइ छ ।

मधेश आन्दोलनका २७ सहिद परिवारबाट एक जनालाई रोजगारी, वीरगंज महानगरपालिकामा मधेश आन्दोलन सहिद स्तम्भ निर्माण, आन्दोलनका घाइतेहरुलाई राहत उपलब्ध गराइएको पनि उनले जानकारी दिए । मुख्यमन्त्री राउतका अनुसार यो अवधिमा प्रदेशसभामा ३९ वटा विधेयक प्रमाणिकरण भईसकेको छ भने २२ वटा विधेयक विधायन समितिमा विचाराधीन छन् । उनले संघ सरकारको हस्तक्षेपकारी नीति तथा कर्मचारी अभावका कारण समस्या भईरहेको गुनासो पनि गरे ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here