पकाहा मैनपुर गाउँपालिकामा रहेको विद्यालय व्यास्थापन समितिको गठन शिक्षा नियमावली विपरीत रहेको अभिभावकहरुको आरोप

0
144
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ३ फागुन : पर्साको पकाहा मैनपुर गाउँपालिकामा रहेको श्री राम चरित्र भगत माध्यमिक विद्यालयको व्यास्थापन समितिको गठन शिक्षा नियमावली विपरीत गर्न लागिएको गाउँपालिका बासी तथा अभिभावकहरुले आरोप लगाएका छन् । संघीय शिक्षा प्रणालीको ठीक नियम विपरीत गाउँपालिका प्रमुख विजय कुमार चौरसियाले आफै निर्णय गरी अर्को नियम बनाएर समिति गठन गर्ने चलखेल लागेका छन् । गा .पा. प्रमुखले आफै शिक्षा नियमावली बनाई आधारभूत तहका विद्यामलामा सम्बन्धित वडा अध्यक्ष वा निजले तोकेको ब्यक्ति र माध्यामिक तहमा गाउँपालिका अध्यक्ष वा निजले तोकेको ब्यक्ति नै विद्यालय व्यथापन समितिको अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

उक्त नियमको विरोध गर्दै गाउपालिका बासी तथा अभिभावकहरुले विद्यालयमा गई प्रधानध्यापकालाई ध्यान आकर्षण गराएका छन् साथै संघीय शिक्षा प्रणालीको व्यवस्था अनुसार समिति गठन गर्न भनेका छन् । यस विषयमा विद्यालयका प्रधानध्यापक संग बुझ्दा संघिय शिक्षा नियमावली विपरीत समिति गठन गर्ने काम भइरहेको छ भने स्विकार गरेका हुन् । विरोध हुँदा म केही दिनको लागि समिति गठन गर्ने प्रक्रिया स्थगित गरी छलफलमा ल्याउनका लागि सबै लाई आग्रह गरेको छु । विरोध कार्यक्रममा नेपाली कांग्रेसका गा. पा. प्रमुखका उमेदवार हरी चौहान, ने.का.क्षेत्रिय सदस्य सिन्धु मेहता, राम नाथ साहलगायत अभिभावकहरुको उपस्थिती रहेको थियो।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here