पेट्रोलियम पदार्थको मूल्य बढ्यो

0
49
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ५ फागुन : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेल तथा हवाई इन्धनको आन्तरिक तर्फको मूल्य बढाएको छ । गए राति विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको छ । निगमका अनुसार अब पेट्रोल, डिजल र मट्टीतेल तथा हवाई इन्धनको आन्तरिक तर्फको मूल्य क्रमशः ११४, ९७ र ६७ रुपैयाँ भएको छ ।

एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजल र मट्टीतेल तथा एलपी ग्यासको मूल्यमा प्रति लिटर प्रति सिलिण्डर क्रमशः दुई र २५ रुपैयाँ बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here