खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालयपर्साद्वारा पानी उद्योगहरूमा छड्के अनुगमन

0
60
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ५ फागुन : खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पर्साले आज संयुक्त रूपमा वीरगंजमा रहेका पानी उद्योगहरूमा छड्के अनुगमन गरेको छ । खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विक्की प्रसादको नेतृत्वमा गएको अनुगमन टोलीले आज बीरगञ्ज एरियामा रहेको आधा दर्जनभन्दा बढी पानी उद्योगहरूमा छड्के अनुगमन गरेको हो । छड्के अनुगमनको क्रममा अधिकांस पानी फ्याक्ट्रीहरु मापदण्ड बिपरित संचालन रहेको पाइएको छ ।

अधिकांस फ्याक्टरीहरुमा पिउने पानीको जार सफा नहेरेको, जार फुटेको, मसिन्हरु बिग्रिएको , सफासुग्घर नभएको पाइएपछि अनुगमन टोलीले त्यसलाई सुधार्ने एक महिनाको समय दिएको छ । यसैगरी बीरगञ्ज महानगरपालिका वडा नं १३ सञ्चालनमा रहेको मयाक्स प्याकिङ उद्योग कम्पनीले दर्ता बिना नैं पानीको जार बिक्री गरेको पाइएपछि कारवाही स्वरूप उद्योगको सम्पूर्ण कागजात जफतगरी, उद्योगमा ताल्चा लगाइ जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।

त्यस्तै अधिकांस फ्याक्टरीहरुमा पानीको जार सफासुग्घर नभएको, काम नलाग्ने पाइएपछि करिब दुई सय पानीको जार नष्ट गरिएको छ । अनुगमन टोलीले आज रानीघाटमा रहेको बोलबम पियोर ड्रीकिङ वाटर, निर्जल जल, साई ड्रीङ्किंग वाटर लगायतको पानी फ्याक्टरीहरूमा अनुगमन गरेको हो । यी उद्योगहरु लगायत आउने दिनमा होटल, मिठाइ पसल, मसला उद्योग लगायत कम्पनीहरुमा पनि अनुगमन गर्ने टोलीका प्रमुख विकि प्रसादले जानकारी दिनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधी सुदर्शन आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उपेन्द्र यादव, सञ्चारकर्मी संजिव मिश्रा, आनन्द पटेल, सन्तोष रंजितकार, रणजीत कर्ण लगाएतको टोलीको सहभाितामा छड्के अनुगमन गरेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here