बाराको करैयामाई गाउँपालिकाको सातौँ बिशेष गाउँ सभा आज सम्पन्न

0
51
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ६ फागुन : बाराको करैयामाई गाउँपालिकाको कार्यालय करैया बारको सभाहलमा गाउँपालिकाको सातौँ बिशेष गाउँ सभा आज सम्पन्न भएको छ । फाल्गुन ५ देखि ७ गते सम्म सञ्चालनमा रहेको सातौं गाउँ सभा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताउनुभयो । गाउँपालिकाको अध्यक्ष भुनेश्वर धामीको अध्यक्षतामा भएको सो सातौँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष चित्ररेखा कुमारी चौधरीले आर्थिक वर्ष २०७७÷०७८ को बजेट गाउँ सभामा प्रस्तुत गर्नु भएको थियो ।

चालु खर्च तर्फ ६ करोड ९८ लाख ३ हजार ५ सय पचाँस र पुजीगत खर्च तर्फ ३७ करोड ५७ लाख ५० हजार गरी कुल ४४ करोड ५५ लाख ४३ हजार ५ सय पचाँस रूपैया को बजेट सातौँ बिशेष गाउँ सभामा प्रस्तुत गर्नु भएको छ ।

सभामा करैयामाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, लेखा अधिकृत बंजरगी जयसवाल, वडा नं.१ देखि ८ सम्मको वडा अध्यक्षहरु गाउँपालिकामा कार्यरत विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here