युवा समाज पिपराको आयोजनामा फागुन २२ गते वृहत रक्तदान हुने

0
47
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज ९ फागुन : युवा समाज पिपराको आयोजनामा फागुन २२ गते वृहत रक्तदान हुने भएको छ । संस्थाको अध्यक्ष अनिल पटेलको अध्यक्षतामा आज बसेको बैठकले वीरगंज १४ सानो पिपरामा वृहत रक्तदान गर्ने निर्णय गरेको हो । अध्यक्ष पटेल सहितको टोली आज रक्तसंचार केन्द्रमा पुगी रक्तदान गर्ने मिति सुनिश्चित समेत गरेको छ ।पटेलको नेतृत्वमा गएको टोलीले रक्त संचार केन्द्र पर्साका प्रमुख सौरभराज पांडे र उद्यव शर्मालाई पत्र पनि बुझाएको छ । सो अवसरमा सल्लाहकार पवन पटेल, सचिव प्रदिप कुशवाहा, कोषाध्यक्ष नरेन्द्र पटेल,संस्थाका मुकेश पटेल , धर्मेन्द्र पटेल ,प्रताप पटेल, नागिन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो । संस्थाले यस अघि तिन पटक रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here