वीरगन्ज ९ फागुन : कोरोनाविरुद्धको खोप वीरगंजमा शनिवारसम्म ३ हजार ८ सयजनाले लगाइसकेका छन् । दोस्रो चरणको खोप फागुन २ गतेदेखि शुरु भएको र फागुन ८ गतेसम्म ३ हजार ८ सयजनाले लगाएको स्वास्थ्य कार्यालय वीरगंजका प्रमुख कामेश्वर चौरसियाले बताए । उनले दोस्रो चरणको खोप भोलि फागुन १० गते सोमवारसम्म सञ्चालन हुने र लक्ष्य हासिल गर्ने दावी गरे ।
दोस्रो चरणको खोप जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, सञ्चारकर्मीलाई लगाइदैछ । पहिलो चरणको खोप पर्सा जिल्लामा ५ हजार ६१ जनाले लगाएका थिए ।