असमान नेपालको सहयोग पर्सागढी नगरपालिमा ५२ विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण

0
44
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १० फागुन : पर्सागढी नगरपालिमा ५२ विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । वडा नम्बर ५, ६ र ७ मा रहेको दलित परिवारलाई गैर सरकारी संस्था असमान नेपाल, स्ट्रीट चाइल्ड नेपाल र जावास सस्थाको सहयोगमा खाद्यान्न सामाग्री सहयोग गरेको छ । वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलमको सहकार्यमा दलित परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

छाक टार्न समस्या भएपछि असमान नेपालले खाद्य सामाग्री सहयोग गरेको हो । संस्थाले प्रति परिवार चामल, नुन, दाल, तेल, चाना ५२ परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरेको हो ।

सो खाद्यान्न सामाग्री वितरण कार्यक्रममा असमान नेपालका इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसिया, जवासका शिवनाथ यादवको, पर्सा गढीनगरपालिकाका उपमेयर अर्चना चौधरी, पर्सा गढीनगरपालिका वडा नं ५ का दलित महिला वडा सदस्य सतिया देवी ललगायतका उपस्थिति रहेको थियो ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here