वीरगंजमा ३ दिने विद्यालय सुधार योजना विषयगत तालिम सुरु

0
42
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १० फागुन : वीरगंजमा ३ दिने विद्यालय सुधार योजना विषयगत तालिम सुरु भएको छ । भिएसो नेपाल र दिव्य युवा क्लबको साझेदारीमा संचालित किशोरी सशक्तिकरणको लागि शैक्षिक कार्यक्रम अन्तर्गत तालिम सुरु भएको हो ।

वीरगंजस्थित भिस्वा होटलमा सुरु भएको तालिमको उद्धाटन दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामकान्त पटेलले गरेका थिए । तालिमको उद्धाटन गर्दै निर्देशक पटेलले विद्यालय सुधार योजनालाई व्यवस्थित र प्रभावकारी ढंगले तयार गर्नको साथै कार्यन्वयमा लग्न तालिम आयोजना गरिएको वताए ।

विद्यालयमा भएको समस्या र चुनौतीलाई कसरी विद्यालय योजनामा समावेश गरी समाधान गर्न सकिने उपायको बारेमा पनि तालिममा छलफल गरिने परियोजना संयोजक गणेश ठकुरीले वताए ।

तालिममा परियोजना संचालन रहेको क्षेत्रको ११ वटा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखा प्रमुख नरेश महतो र पोखरिया नगरपालिकाको शिक्षा शाखा प्रमुखको सहभागिता रहेको छ । ३ दिन सम्म चल्ने तालिममा प्रशिक्षक बृजकिशोर पटेल र रामप्रबेश साहले प्रशिक्षण दिइरहेका छन् ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here