ठोरी गाउपालिका स्वास्थ्यचौकीमा छोरीको काम बुबाले गर्दै

0
58
Ad_Article_Top
Share :
meropathsala.com

वीरगन्ज १० फागुन : पर्सा जिल्लाको ठोरी गाउपालिका वार्ड नम्बर ५ स्थित स्वास्थ चौकीमा कार्यरत कार्यालय सहयोगी सर्मिला रुम्बाको चितवनमा बिहे भएपछि उनको स्थानमा बुबाले डियुटी गर्दै आएको स्थानियले गुनासो गरेका छन । सर्मिला गाउपालिकाबाट करारमा कार्यालय सहयोगीमा कार्यरत हुन । उनको हालै बिहे भएपछि बुबा कृष्णबहादुर रुम्बाले छोरी सर्मिलाको ठाउमा काम गर्दै आएका हुन । सर्मिला मासिक तलब बुझ्न र करार म्याद थप गर्न मात्र आउने गरेको स्थानियले बताए ।

आइतवार सर्मिला आएर ६ महिनाको करार अवधि थप गराएर फर्केकी छन । प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले आफुलाइ सर्मिलाको स्थानमा उनका बुबाले डिउटी गरेको कुरा थाहा नभएको बताए । गुनासो सहि हो भने आजै छानविन गरेर कारवाही गरिने उनले बताएका छन ।

meropathsala.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here